दफा १६७
प्रमाण बुझ्नु पर्ने

फिरादपत्र वा प्रतिउत्तरपत्रमा उल्लेख भएको सरकारी कार्यालयमा रहेको कुनै कागजात प्रमाणको रूपमा बुझ्नु पर्नेदेखिएमा प्रतिउत्तरपत्र पेश भएको मितिले र प्रतिउत्तरपत्र पेश नभएकोमा प्रतिउत्तरपत्र पेश हुन सक्ने अवधि व्यतितभएको मितिले सामान्यतया सात दिनभित्र त्यस्तो प्रमाण बुझ्न आदेश दिनु पर्नेछ ।